एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा « Khabarhub

एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिरपरिचितप्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए ।

सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियाे । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्‍याएका थिए ।

मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ । इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ ।

सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ ।

इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले पालेमोलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा