एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा « Khabarhub

एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिरपरिचितप्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए ।

सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियाे । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्‍याएका थिए ।

मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ । इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ ।

सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ ।

इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले पालेमोलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको