एन आई सी एशिया बैंकको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित « Khabarhub

एन आई सी एशिया बैंकको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित गरेको छ ।

मुलुकभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

यस बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७४.७४ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएको छ ।

जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको हो ।

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको उक्त बैंक आ.व. २०७८/७९ को दोस्रो त्रैयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो ।

यो बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकमार्फत् बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई उक्त बैंकले सेवा दिदैँ आएको बताइएको छ ।

यो बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ ।

यो बैंकले मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान पुर्‍याएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी जनसंख्या बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको