श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु | Khabarhub Khabarhub

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

प्रहरीको गोली लागी अरु १४ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो श्रीलंकाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भाइरल भएको बताइएको छ ।

यता प्रहरीले भने प्रदर्शनकारीमाथि ‘न्यूनतम बल’ प्रयोग गरेको दाबी गरेको छ । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, अमेरिकी तथा युरोपेली राजदूतहरुले घटनाको निन्दा गरेको बीबीसीले जनाएको छ ।

सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग गर्दै प्रदर्शनलाई चर्काइरहेको बताइएको छ ।

बीबीसीका अनुसार यसमाथि सोमबार १७ नयाँ मन्त्रीहरूसहित मन्त्रिपरिषद् विस्तार गर्ने राजपाक्षेको कदमबाट पनि श्रीलंकालीहरु आक्रोशित बनेका छन् ।

मंगलबार श्रीलंकामा इन्धनको प्रमुख खुद्रा विक्रेताले इन्धनको मूल्य ६५ प्रतिशतसम्म वृद्धि गरेपछि पछिल्लो चरणको प्रदर्शन भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५९ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान