मोबाइल गेमबाट चिनजान, घरमै आएर १३ वर्षीय बालिकालाई बलात्कार  | Khabarhub Khabarhub

मोबाइल गेमबाट चिनजान, घरमै आएर १३ वर्षीय बालिकालाई बलात्कार 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् ।

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौँ आएको खुलेको थियो ।

गत चैत ३० गते राति काठमाडौँ टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदासमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५७ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै