रोहितले सुरु गरे ‘इन्डियन पुलिस फोर्स’ « Khabarhub

रोहितले सुरु गरे ‘इन्डियन पुलिस फोर्स’


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज घोषणा गरेको छ । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई रोहितले सिरिजमा ल्याउन लागेका हुन् । यो सिरिजले दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ । वान्डा एण्ड भिजन , फाल्कन एण्ड विन्टर सोल्जर, लोकी को कथालाई दर्शकसम्म पुर्याएको मार्भलले अहिले ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् ।

सिरिजमा सिद्धार्थ मलहोत्रालाई कास्ट गरिएको छ । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३४ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले