रोहितले सुरु गरे ‘इन्डियन पुलिस फोर्स’ « Khabarhub

रोहितले सुरु गरे ‘इन्डियन पुलिस फोर्स’


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज घोषणा गरेको छ । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई रोहितले सिरिजमा ल्याउन लागेका हुन् । यो सिरिजले दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ । वान्डा एण्ड भिजन , फाल्कन एण्ड विन्टर सोल्जर, लोकी को कथालाई दर्शकसम्म पुर्याएको मार्भलले अहिले ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् ।

सिरिजमा सिद्धार्थ मलहोत्रालाई कास्ट गरिएको छ । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई