युक्रेनमा जारी आक्रमण नयाँ चरणमा प्रवेश गरेको रुसी घोषणा « Khabarhub

युक्रेनमा जारी आक्रमण नयाँ चरणमा प्रवेश गरेको रुसी घोषणा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जारी सैनिक आक्रमण नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

भारतीय टेलिभिजन च्यानल इण्डिया टुडे टिभीलाई दिएको अन्तरवार्तामा उनले भने– ‘अर्को चरणको कारवाही शुरु भएको छ र म विश्वस्त छु यो हाम्रो विशेष कारवाहीमा धेरै महत्वपूर्ण क्षण हो ।’

युक्रेनमाथि आक्रमणलाई जारी राखेको रुसी फौजले आफ्नो पूर्वी युक्रेनमा हमलाहरूलाई तीव्रता दिएसँगै रुसी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि गत सोमबार युक्रेनी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी फौजले अपेक्षित आक्रमण शुरु गरेको बताएका थिए ।

यता डोनबासमा युद्ध जारी रहँदा रुसको रक्षा मन्त्रालयले ‘सटीक हवाई क्षेप्यास्त्रहरू’ ले १३ युक्रेनी निशानामा आक्रमण गरेको जनाएको छ ।

त्यसबाहेक हवाई आक्रमणमा ६० सैनिक पूर्वाधारमा आक्रमण गरेको समेत रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष