अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल « Khabarhub

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

 

काठमाडौँ– बुढानीलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलले शान्त र सुरक्षित वातावरणमा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ ।

No description available.

आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने ? भन्ने अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा उक्त स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको हो ।

No description available.

इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाई हुने बताइएको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई  निरुतसाहित गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् ।

No description available.

इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ ।

“स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । ‘आईपीसी’ (इन्टरनेसनल प्राइमरी करिकुलम) र ‘आईएमवाईसी’ गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ”, विद्यालयकी सञ्चालक कार्कीले भनिन् ।

विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।

उत्कृष्ट शिक्षण वातावरण, भव्य तथा परिष्कृत पूर्वाधार तथा योग्य मानव शक्तिबाट पठनपाठन गराइने यस स्कुलले बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक शिक्षा पनि प्रदान गरिरहेको छ । जीवन यापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरु तयार गरेको छ ।

स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको सञ्चालक कार्कीले बताइन् । इम्पेरियलको भवन संरचना एक तले छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन । अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै शौचालयको व्यवस्था रहेको छ ।

साथै विद्यार्थीका अन्तरनिहित प्रतिभाको उजागर गर्न इम्पेरियल वर्ल्ड स्कुलले नृत्य कक्षा, विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरेको छ । स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको कार्कीले बताइन् ।

अत्याधुनिक प्रविधिले सम्पन्न उक्त स्कुलमा कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्याबको पनि व्यवस्था रहेको छ ।

१० हजार भन्दा धेरै पुस्तक सङ्ग्रहित पुस्तकालय, पोषणविदद्वारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । क्यान्टिन, नर्स, काउन्सीलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापनको बुझाई छ ।

प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारीको फार्मजस्ता संरचनाको पनि तयारी भइरहेको बताइएको छ ।

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको छ भने नृत्य तथा संगीतलाई पनि विशेष महत्त्वका साथ सिकाइने गरिएको छ ।

साथै उक्त स्कुलले यही वैशाख १० गते शनिबार ओपन हाउस सेसन सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको