दर्शक गुमाउँदैछन् ओटीटी « Khabarhub

दर्शक गुमाउँदैछन् ओटीटी


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको कारण भएको बन्दाबन्दीमा ओटीटी प्लेटफर्म अगाडि आए ।

ओटीटी प्लेटफर्म अन्तर्गतका नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नेप्लस, जी फाइभ, सोनी लिभ लगायतका डिजिटल प्लेटफर्महरु चर्चामा आए । घरमै बस्नु पर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि ओटीटी लोकप्रिय बन्यो । त्यहाँ ठूलाठूला कन्टेन पनि आए ।

दर्शकले खोजिरहेको कन्टेन र फिल्मलाई ओटीटी प्रदायकले आफ्नो प्लेटफर्ममा उपलब्ध गराए । यद्यपि कोरोना भाइरसको महामारी न्यून हुँदै गएपछि ओटीटीमा दर्शक कम हुन थालेका छन् ।

फिल्म हलकै भविष्य अन्यौलमा पार्ने भनिएको ओटीटी जाएन्ट नेटफ्लिक्सले सन् २०२२को पहिलो ती महिनामा २ लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको अवस्था सार्वजनिक गर्ने क्रममा पहिलो क्वार्टरमा २ लाख ग्राहकले नेटफ्लिक्सले छाडेको बताएको हो । कम्पनीले आउँदा ३ महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण समेत गरेको छ ।

नेटफ्लिक्स मात्र होइन अन्य ओटीटी सेवा प्रदायकको अवस्था पनि उस्तै छ । सीमित बाहेकका कन्टेनमा दर्शक छैनन् । हलमा सूर्यवंशी, द कश्मीर फाइल्स, आरआरआर, केजीएफ: च्याप्टर २ ले दर्शक पाइरहँदा ओटीटीले दर्शक गुमाईरहेका छन् । फुर्सदिलो समयमा घरमा बसेर सिरिज वा फिल्म हेर्ने दर्शक व्यस्त भएसँगै ती प्लेटफर्महरुलाई समय दिन सकिरहेका छैनन् । दस वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो ।

यद्यपि नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ । कम्पनीले ग्राहक लोभ्याउने अन्तिम हतियार नै कन्टेन्ट भएको बताउँदै यो सालका १८ अर्ब डलर फिल्म तथा सिरिजमा खर्चमा गर्ने लक्ष्य लिएको छ । यद्यपि पछिल्लो समय नेटफ्लिक्समा आएको स्क्विड गेम बाहेकका अन्य कन्टेनले ग्लोबल दर्शक पाउन सकेको छैन ।

अन्य ओटीटी प्रदायकले पनि दर्शक बचाउनलाई विभिन्न कन्टेनमा लगानी गरिरहेका छन् । तर, दर्शक झैँ ओटीटी प्रदायकको संख्या बढेपछि कन्टेन पाउन सहज छैन । सोनी लिभमा स्क्याम १९९२, एमएक्स प्लेयरमा आश्रम र समान्तर, अमेजन प्राइम भिडियोमा मिर्जापुर, पाताल लोक, द फ्यामिली मेन, वूटमा असुर लगायतका सिरिजले दर्शक बढाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ५४ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह