दर्शक गुमाउँदैछन् ओटीटी « Khabarhub

दर्शक गुमाउँदैछन् ओटीटी


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको कारण भएको बन्दाबन्दीमा ओटीटी प्लेटफर्म अगाडि आए ।

ओटीटी प्लेटफर्म अन्तर्गतका नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नेप्लस, जी फाइभ, सोनी लिभ लगायतका डिजिटल प्लेटफर्महरु चर्चामा आए । घरमै बस्नु पर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि ओटीटी लोकप्रिय बन्यो । त्यहाँ ठूलाठूला कन्टेन पनि आए ।

दर्शकले खोजिरहेको कन्टेन र फिल्मलाई ओटीटी प्रदायकले आफ्नो प्लेटफर्ममा उपलब्ध गराए । यद्यपि कोरोना भाइरसको महामारी न्यून हुँदै गएपछि ओटीटीमा दर्शक कम हुन थालेका छन् ।

फिल्म हलकै भविष्य अन्यौलमा पार्ने भनिएको ओटीटी जाएन्ट नेटफ्लिक्सले सन् २०२२को पहिलो ती महिनामा २ लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको अवस्था सार्वजनिक गर्ने क्रममा पहिलो क्वार्टरमा २ लाख ग्राहकले नेटफ्लिक्सले छाडेको बताएको हो । कम्पनीले आउँदा ३ महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण समेत गरेको छ ।

नेटफ्लिक्स मात्र होइन अन्य ओटीटी सेवा प्रदायकको अवस्था पनि उस्तै छ । सीमित बाहेकका कन्टेनमा दर्शक छैनन् । हलमा सूर्यवंशी, द कश्मीर फाइल्स, आरआरआर, केजीएफ: च्याप्टर २ ले दर्शक पाइरहँदा ओटीटीले दर्शक गुमाईरहेका छन् । फुर्सदिलो समयमा घरमा बसेर सिरिज वा फिल्म हेर्ने दर्शक व्यस्त भएसँगै ती प्लेटफर्महरुलाई समय दिन सकिरहेका छैनन् । दस वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो ।

यद्यपि नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ । कम्पनीले ग्राहक लोभ्याउने अन्तिम हतियार नै कन्टेन्ट भएको बताउँदै यो सालका १८ अर्ब डलर फिल्म तथा सिरिजमा खर्चमा गर्ने लक्ष्य लिएको छ । यद्यपि पछिल्लो समय नेटफ्लिक्समा आएको स्क्विड गेम बाहेकका अन्य कन्टेनले ग्लोबल दर्शक पाउन सकेको छैन ।

अन्य ओटीटी प्रदायकले पनि दर्शक बचाउनलाई विभिन्न कन्टेनमा लगानी गरिरहेका छन् । तर, दर्शक झैँ ओटीटी प्रदायकको संख्या बढेपछि कन्टेन पाउन सहज छैन । सोनी लिभमा स्क्याम १९९२, एमएक्स प्लेयरमा आश्रम र समान्तर, अमेजन प्राइम भिडियोमा मिर्जापुर, पाताल लोक, द फ्यामिली मेन, वूटमा असुर लगायतका सिरिजले दर्शक बढाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ५४ बजे

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै