ह्युस्टन फिल्म फेस्टिभलमा महेश उत्कृष्ट अभिनेताको मनोनयनमा | Khabarhub Khabarhub

ह्युस्टन फिल्म फेस्टिभलमा महेश उत्कृष्ट अभिनेताको मनोनयनमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयनमा नेपालका अभिनेता महेश त्रिपाठी परेका छन् ।

फेस्टिभलले सार्वजनिक गरेको सूचनामा उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’ बाट मनोनयनमा परेका हुन् ।

अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फेस्टिभलमा ‘हल्कारा’को वर्ल्ड प्रिमियर हुँदैछ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् । जसमा ‘हल्कारा’ २३ तारिखका दिन प्रिमियर हुने सेड्युल गरिएको छ । विश्वकै तेस्रो पुरानो फेस्टिभलमा नेपालमा अभिनेतामा तर्फको मनोनयन पाउनुले आफूलाई हर्षित बनाएको महेशले प्रतिक्रिया दिएका छन् ।

जीवनमा अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्म ‘हल्कारा’ मा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।

विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २० बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र