ह्युस्टन फिल्म फेस्टिभलमा महेश उत्कृष्ट अभिनेताको मनोनयनमा « Khabarhub

ह्युस्टन फिल्म फेस्टिभलमा महेश उत्कृष्ट अभिनेताको मनोनयनमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयनमा नेपालका अभिनेता महेश त्रिपाठी परेका छन् ।

फेस्टिभलले सार्वजनिक गरेको सूचनामा उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’ बाट मनोनयनमा परेका हुन् ।

अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फेस्टिभलमा ‘हल्कारा’को वर्ल्ड प्रिमियर हुँदैछ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् । जसमा ‘हल्कारा’ २३ तारिखका दिन प्रिमियर हुने सेड्युल गरिएको छ । विश्वकै तेस्रो पुरानो फेस्टिभलमा नेपालमा अभिनेतामा तर्फको मनोनयन पाउनुले आफूलाई हर्षित बनाएको महेशले प्रतिक्रिया दिएका छन् ।

जीवनमा अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्म ‘हल्कारा’ मा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।

विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २० बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न