के केकीले विवाह गरेकी हुन् ?  « Khabarhub

के केकीले विवाह गरेकी हुन् ? 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले आज गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा बढी रहेको छ । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने गरेकी छिन्। उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा जानकारी छैन । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । 

प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले को सँग विवाह गरिन् वा गर्दैछिन् भन्ने खुल्न सकेको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेता पनि कोसँग भन्ने अझै थाहा नभईसकेको जनाएका छन् । ‘विवाह हो भन्ने सुनेको छु । तर, कोसँग ? कहाँ ? हामीलाई पनि थाहा छैन’ उनले भने । 

केकीसँग नजिक रहेकी एक अभिनेत्रीले पनि विवाह भएको आफूले पनि सुनेको बताइन्  । ‘विवाह हो भन्ने सुनेको छु । कोसँग भन्ने कुरा फोटो आएपछि थाहा पाउनु हुनेछ’ उनले थप जानकारी दिन चाहिनन् । बुझिए अनुसार केकीको विवाह हुने हल्ला भएका केटा फिल्मनगरीका होइनन् । केकीको विवाहको हल्ला अगाडी आज रेखा थापा, पूजा शर्मा र वर्षा शिवाकोटीको विवाहको हल्ला पनि चलेको थियो । 

रेखाको केही समय अगाडि वैशाखमा विवाह हुने चर्चा चलेको थियो । यसका साथै पछिल्लो एक इभेन्टमा पूजाले पनि छिट्टै विवाह गर्ने बताएकी थिइन् । यता वर्षाले छिट्टै टिकाटालो गर्ने भएकाले रिलिजको क्रममा रहेको फिल्मको प्रमोशनमा समेत देखिएकी छैनन् । यसैले गर्दा पनि बुधबार  केकीसँगै अन्य अभिनेत्रीहरुको समेत विवाहको हल्ला चलेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा