के केकीले विवाह गरेकी हुन् ?  « Khabarhub

के केकीले विवाह गरेकी हुन् ? 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले आज गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा बढी रहेको छ । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने गरेकी छिन्। उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा जानकारी छैन । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । 

प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले को सँग विवाह गरिन् वा गर्दैछिन् भन्ने खुल्न सकेको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेता पनि कोसँग भन्ने अझै थाहा नभईसकेको जनाएका छन् । ‘विवाह हो भन्ने सुनेको छु । तर, कोसँग ? कहाँ ? हामीलाई पनि थाहा छैन’ उनले भने । 

केकीसँग नजिक रहेकी एक अभिनेत्रीले पनि विवाह भएको आफूले पनि सुनेको बताइन्  । ‘विवाह हो भन्ने सुनेको छु । कोसँग भन्ने कुरा फोटो आएपछि थाहा पाउनु हुनेछ’ उनले थप जानकारी दिन चाहिनन् । बुझिए अनुसार केकीको विवाह हुने हल्ला भएका केटा फिल्मनगरीका होइनन् । केकीको विवाहको हल्ला अगाडी आज रेखा थापा, पूजा शर्मा र वर्षा शिवाकोटीको विवाहको हल्ला पनि चलेको थियो । 

रेखाको केही समय अगाडि वैशाखमा विवाह हुने चर्चा चलेको थियो । यसका साथै पछिल्लो एक इभेन्टमा पूजाले पनि छिट्टै विवाह गर्ने बताएकी थिइन् । यता वर्षाले छिट्टै टिकाटालो गर्ने भएकाले रिलिजको क्रममा रहेको फिल्मको प्रमोशनमा समेत देखिएकी छैनन् । यसैले गर्दा पनि बुधबार  केकीसँगै अन्य अभिनेत्रीहरुको समेत विवाहको हल्ला चलेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको