राजकुमार ह्यारी भन्छन्, 'महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ' | Khabarhub Khabarhub

राजकुमार ह्यारी भन्छन्, ‘महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ’


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती राजकुमार ह्यारीले महारानी एलिजाबेथ स्वस्थ र सुरक्षित भएको बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई दिएको अन्तरवार्तामा राजकुमार ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ सुरक्षित एवम् स्वस्थ रहेको जनाएका हुन् ।

राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘इन्भिक्टस गेम्स’ नामक खेलुकद समारोहका लागि नेदरल्याण्ड्सतर्फ जाने क्रममा गत साता हजुरआमासँग भेट गरेका थिए ।

भेटेमा महारानीको वरिपरि ‘सही मानिसहरु’ रहेको थाहा पाएको उनले टिप्पणी गरे । ‘उहाँलाई भेट्दा निकै खुशी लाग्यो ।’ उनले भने ।

ह्यारी हजुरआमालाई पूर्व जानकारी बिना नै भेट्न गएका थिए । महारानीले भोलि आफ्नो ९६ औँ जन्मदिन मनाउँदैछिन् ।

नेदरल्याण्ड्सको हेग शहरमा दिएको अन्तरवार्तामा उनले आफ्नी हजुरआमाको ठट्यौलो स्वभाव को पनि प्रसंशा गरे ।

अन्तरवार्तामा ह्यारीले अमेरिका आफ्ना लागि घरसरह नै भएको भन्दै अमेरिकाले आफूलाई खुला हृदयले स्वीकार गरेको पनि बताए ।

सन् २०२० मा आफ्नो शाही उपाधि त्यागेयता ह्यारी श्रीमती मेगनसँग अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २८ बजे

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ