राजकुमार ह्यारी भन्छन्, ‘महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ’ « Khabarhub

राजकुमार ह्यारी भन्छन्, ‘महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ’


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती राजकुमार ह्यारीले महारानी एलिजाबेथ स्वस्थ र सुरक्षित भएको बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई दिएको अन्तरवार्तामा राजकुमार ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ सुरक्षित एवम् स्वस्थ रहेको जनाएका हुन् ।

राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘इन्भिक्टस गेम्स’ नामक खेलुकद समारोहका लागि नेदरल्याण्ड्सतर्फ जाने क्रममा गत साता हजुरआमासँग भेट गरेका थिए ।

भेटेमा महारानीको वरिपरि ‘सही मानिसहरु’ रहेको थाहा पाएको उनले टिप्पणी गरे । ‘उहाँलाई भेट्दा निकै खुशी लाग्यो ।’ उनले भने ।

ह्यारी हजुरआमालाई पूर्व जानकारी बिना नै भेट्न गएका थिए । महारानीले भोलि आफ्नो ९६ औँ जन्मदिन मनाउँदैछिन् ।

नेदरल्याण्ड्सको हेग शहरमा दिएको अन्तरवार्तामा उनले आफ्नी हजुरआमाको ठट्यौलो स्वभाव को पनि प्रसंशा गरे ।

अन्तरवार्तामा ह्यारीले अमेरिका आफ्ना लागि घरसरह नै भएको भन्दै अमेरिकाले आफूलाई खुला हृदयले स्वीकार गरेको पनि बताए ।

सन् २०२० मा आफ्नो शाही उपाधि त्यागेयता ह्यारी श्रीमती मेगनसँग अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २८ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू