युक्रेनलाई दिएका सबै हतियारको विवरण सार्वजनिक नगरेको जर्मनीको खुलासा « Khabarhub

युक्रेनलाई दिएका सबै हतियारको विवरण सार्वजनिक नगरेको जर्मनीको खुलासा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनलाई हतियार उपलब्ध गराएकोबारे सबै जानकारी सार्वजनिक नगरिएको जर्मनीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार जर्मन विदेशमन्त्री अन्नालिना बारबोकले युक्रेनलाई जर्मनीले उपलब्ध गराएका सबै हतियारको विवरण सार्वजनिक नगरिएको बताएकी हुन् ।

‘हामीले ट्यांकभेदी क्षेप्यास्त्र, स्टिङ्गर र सार्वजनिक रुपमा घोषणा नगरिएका अरु सामानहरू प्रदान गरेका छौँ ।’ बाल्टिक मुलुक लात्भियाको राजधानी रिगामा लात्भियन समकक्षीसँगको भेटमा उनले भनिन् ।

यसबाहेक उनले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रणाली प्रदान गर्न र ती सामग्री सञ्चालन गर्नका लागि तालिम दिन जर्मनी तयार रहेको बताइन् ।

जर्मनीले युक्रेनलाई अत्याधुनिक प्यान्जरहउबाइत्ज २००० तोपखाना प्रणाली पनि सहयोग गर्न लागेको हो भन्ने प्रश्नमा उनले साझेदारहरूले हतियार सहयोग गरेको खण्डमा वा युक्रेनले सीधै खरिद गरेको खण्डमा जर्मनीले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रयोग गर्ने तालिम दिने बताइन् ।

‘हामीले हाल आपूर्ति गर्न छाडेको तोपखाना प्रणाली साझेदारहरूले युक्रेनलाई प्रदान गर्छन् भने हामी तालिम र मर्मतमा सहयोग गर्न तयार छौँ ।’ उनले भनिन् ।
 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै