मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ « Khabarhub

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २३ वर्षीय आयुष केसी, दोलखा भिमेश्वर नगरपालिका-४ बस्ने ५६ वर्षीया सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ४२ वर्षीय हरी शमशेर रायमाझी रहेका छन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले मायालाई काठमाडौंबाट सोमबार तथा आयुष, सुष्मा र हरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा वास्ना मायाले पीडितलाई विभिन्न प्रलोभन एवम् डर त्रास देखाई ललितपुर ठैब र हरिसिद्दीस्थित खाजाघरमा वेश्यावृत्तिमा लगाएको, आयुषले पीडितलाई हङकङमा होटलमा वेटरको काममा लगाईदिने प्रलोभनमा पारी कम्बोडिया पुर्‍याई डर, धाक देखाई बन्धक बनाई जबरजस्ती अनलाईन स्क्यामको काममा लगाएको खुल्न आएको छ । 

साथै सुष्मा र हरीले ५ जना नाबालिका र ३ जना महिलालाई विभिन्न प्रलोभन तथा डर त्रास देखाई वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ ।

पक्राउ मध्ये आयुष, सुष्मा र हरीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा वास्ना मायालाई जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : ३१ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी