ठेक्का पट्टा गर्नेले व्यवहारमा नगरेका ठाउँबाट उम्मेदवारी दिन पाउने « Khabarhub

ठेक्का पट्टा गर्नेले व्यवहारमा नगरेका ठाउँबाट उम्मेदवारी दिन पाउने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ठेक्का पट्टा गर्ने व्यक्तिले व्यवहार गरेका बाहेक स्थानीय तहमा उम्मेदवारी दिन पाउने भएका छन् ।

सर्वाेच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवारी दिनबाट नरोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘स्वघोषणापत्रमा भएको कुनै पनि स्थानीय तहको ठेक्का पट्टासम्बन्धी व्यवहारमा संलग्न रहेको भनी व्यावसायिक सरोकार नरहेका स्थानीय तहमा समेत उम्मेदवार हुनबाट रोक लगाउने गरी निर्वाचन आयोगबाट भएको निर्णय प्रथम दृष्टिमा नै उचित तर्कमा आधारित भएको देखिएन ।’

निर्वाचन आयोगले ठेक्का पट्टामा संलग्न व्यक्तिलाई उम्मेदवारी दिनबाट राक्दै आचारसंहिता ल्याएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग