केकीले रोजिन जीवनसाथीका रूपमा रोहित « Khabarhub

केकीले रोजिन जीवनसाथीका रूपमा रोहित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा विहानदेखि नै छ ।

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरूको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् ।

यसैले गर्दा पनि उनको विवाहको खबर आएता पनि को सँग ? र कहाँ ? भन्ने खुल्न सकेन ।

उनका निकटतम सहकर्मीलाई समेत विवाह हो वा होइन भन्ने बारेमा पूर्ण रूपमा जानकारी छैन ।

यद्यपि उनले विवाह गर्न लागेको व्यक्तिको परिचय सार्वजनिक भएको छ । केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् ।

केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सह–संस्थापक र सीइओ हुन् ।

तर उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटम साथीहरू पनि विश्वस्त छैनन् ।

साँझदेखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझैँ खुल्न सकेको छैन ।

उनको नजिकी एक साथीले उनीहरूको आज मेहेन्दी भएको र भोलि विवाह हुने बताइन् ।

‘हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । तर फिल्मनगरीमा केकी आज सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसको चर्चा छ । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रूपमा आउन नदिने केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरिन् वा बाँकी छ ? त्यो त भोलि थाहा हुने नै छ । तर, जीवनसाथी भने छनौट गरिसकेकी छिन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १० : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा