काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।
आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
आर्मीले एपीएफलाई ४०–१६ ले हराएको छ । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता एपीएफले ८० हजारमा चित्त बुझाएको छ ।
सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार प्राप्त गरेका छन् ।
प्रतिक्रिया