खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी « Khabarhub

खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।

उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे ।

उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन्। खातुन निवर्तमान उपमेयर समेत हुन् ।

नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८ सय ४३ मात्र प्राप्त गर्न सके ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : १० बजे

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न