पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि « Khabarhub

पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन् ।

पोखरामा ६१ हजार १२२ मतगणना हुँदा आचार्यले २५ हजार २२६ मत पाएका छन् । मेयरमै एमाले उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् । अहिलेसम्म आचार्यले तीन हजार ३४ मतले अग्रता लिएका छन् ।

राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले २५ सय ९० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेलले १४ सय ८० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् । उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुले २५ हजार ४०४ मत पाएकी छन् । उपमेयरमा चर्को प्रतिस्पर्धा देखिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : २९ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर