अछामको साँफेबगरमा आज मतदान « Khabarhub

अछामको साँफेबगरमा आज मतदान


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अछामको साँफेबगरमा आज शुक्रबार मतदान भइरहेको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन ।

यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो ।

तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन गएको थियो ।स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : ०८ बजे

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी