खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व « Khabarhub

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् ।

जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । विमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा चुनिएकी हुन् । एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै बिमलाले मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएकी छन् । विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् ।

गठबन्धनकी अरुणादेबीले एमालेका शंखरबहादुर राईभन्दा ३०६ मत बढी पाएर अध्यक्षमा विजयी भएकी हुन् । अरुणादेबीले २८८१ मत पाउँदा शंखरबहादुरले २५७५ मत पाएका छन् । माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् ।

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । कविता माओवादी केन्द्रका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् । गठबन्धनका उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । गोमा कांग्रेसका शलिाराम बञ्जराभन्दा ८५१ मतले पछि परेकी हुन् । बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उपाध्यक्षमा एमालेकी अरुणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिलादेबी गुरुङ र साकेला गाउँपालिकामा माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष चुनिएकी छन् । गठबन्धनका कारण यसपल्ट महिला उपाध्यक्षको संख्या घटेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : १६ बजे

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको