बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित « Khabarhub

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्।

खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन् । केही समय प्राध्यापन पेसामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका थिएनन्।

उनी २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी पुस्ताका नेता हुन् । उनले नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका छन्।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३ हजार ५७३ मत ल्याएर उपाध्यक्षमा पराजित भइन् ।

१,२, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भयो। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए । यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : ३० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा