ओलीको गृहनगर दमकमा एमालेको हार « Khabarhub

ओलीको गृहनगर दमकमा एमालेको हार


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ ।

ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।

उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए । गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ । पाएको चारवटै वडामा माओवादी पराजित भयो।

एमालेले वडामा भने वर्चश्व कायम गरेको छ । दशमध्ये सातवटा वडा एमालेले जितेको छ । कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : १२ बजे

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार

सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन