धनगढीमाई मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित « Khabarhub

धनगढीमाई मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वार हरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धीहरू नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे।

जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र