माल्भिकाको पक्षमा खुले यी पूर्व मिस नेपाल र अभिनेत्री « Khabarhub

माल्भिकाको पक्षमा खुले यी पूर्व मिस नेपाल र अभिनेत्री


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही दिनयता सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । बलात्कारको घटना भएकाले यसले सबैको ध्यान तानेको छ ।

बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउन्टबाट एक युवतीले आफू बलात्कारको सिकार भएको गुनासो पोखिन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी ? बलात्कृत भइन् त्योबारे जानकारी दिएकी थिइन् ।

२०७१ सालमा आयोजना गरिएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एक युवतीले आफू बलात्कृत भएको सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बालाई जानकारी गराए पनि कुनै सहयोग नपाएको बताएकी छन् ।

त्यस विषयमा माल्भिकाले आफू त्यो समयमा डिप्रेसनमा रहेको र न्याय दिन नसकेकोमा पश्चात्ताप गरेकी छन् । तर सामाजिक सञ्जाल र सार्वजनिकरुपमै उनीमाथि गाली र आलोचनाको वर्षा भएको छ ।

पूर्व मिस नेपाल सुब्बा विवादमा तानिएपछि अन्य केही मिस नेपालसहित अभिनेत्रीहरु भने उनको प्रतिरक्षामा उत्रिएका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।

पूर्व मिस नेपाल शृंखला खतिवडाले माल्भिकालाई दोष दिएर दोषीलाई भुल्न नहुने बताएकी छन् । ‘हामीले दोषीलाई भन्दा बढी ती मिस नेपाललाई लिएर टीकाटिप्पणी गरिरहेका छौँ । उहाँको गल्ती थियो यद्यपि उहाँमाथि नै सबै दोष नथुपार्नुहोस्।’ उनले आग्रह गरेकी छन् । सबै दोष उहाँ (माल्भिका)माथि लगाउनु अन्याय हो’ उनले लेखेकी छन् ।

अर्की पूर्व मिस नेपाल जेनिशा मोक्तानले माल्भिकाको पक्षमा खुलेरै बोलेकी छन् । ‘जहाँ बढी अपेक्षा हुन्छ , त्यहीँ भएको हो । ‘तपाईँले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ’ उनले लेखेकी छन् । मोक्तानले दोषीलाई कारबाही हुनु पर्नेमा जोड दिएकी छन् ।

पूर्व मिस नेपाल सीताश्मा चन्दले माल्भिकालाई दोषीभन्दा बढी आलोचना गरिनु स्वाभाविक नलागेको बताएकी छन् । उनले माल्भिकालाई लेखेकी छन् ,’ तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो । दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।’

अभिनेत्री केकी अधिकारीले महिला संयन्त्र, पुलिस, अदालतलाई काम सुरु गर्न आग्रह गरेकी छन् । ‘ किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा सरोकारवाला जबाफदेही हुनु पर्छ’ भनेकी छन् ।

अर्की अभिनेत्री पूजा शर्माले यसलाई मानवीयतामाथिको आक्रमण भनेकी छन् । ‘उनी बलियो छिन् किनकि उनले आफूमाथि भएको दुर्व्यवहारलाई निडर भएर पोखिन्।’

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : १२ बजे

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा

गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्याल्वयन गर्दै तोक्यो भाडादर  

काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम– विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।