तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो  « Khabarhub

तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ । 

२१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।

भारतीय मिडियाका अनुसार उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कन्नडा टेलीफिल्ममा काम गर्ने क्रममा कसैले चेतनालाई वजन बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका थिए । उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी उनका ठूलोबुबाले बताएका छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : १८ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार