तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो  « Khabarhub

तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ । 

२१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।

भारतीय मिडियाका अनुसार उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कन्नडा टेलीफिल्ममा काम गर्ने क्रममा कसैले चेतनालाई वजन बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका थिए । उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी उनका ठूलोबुबाले बताएका छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : १८ बजे

प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग