असारमा ‘घनचक्कर’ « Khabarhub

असारमा ‘घनचक्कर’


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’ को रिलिज मिति घोषणा गरिएको छ निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाइ सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडेल लगायतको पनि अभिनय रहेको छ । 

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमीबिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ४० बजे

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन