छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । 

मोरङको सुनवर्षी नगरपालिका–६ मा को.२ त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार सरदार रहेका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा म.२ प ८०२४ नम्बरको मोटरसाइकललाई म.२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म.२ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ५८ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई