काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ  « Khabarhub

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बुढानीलकण्ठ र तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बुढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्बु लगायत ६ जना छन् । उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी तारकेश्वर नगरपालिका–५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ०७ बजे

नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

एजेन्सी– रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौं– चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा

मुस्ताङमा आजदेखि एचपीभी खोप कार्यक्रम सुरु

मुस्ताङ– पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा