एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी « Khabarhub

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् ।

बुधबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार आफू दलको नेता हुनुपर्ने दाबी सुहाङले गरेका हुन् ।

उनले वरिष्ठ नेताहरू, वरीयता र पार्टी विधिको पनि आफूलाई राम्रो हेक्का रहेको उल्लेख गर्दै समयले पनि युवाको नेतृत्व खोजेकाले आफ्नो दाबी रहने बताएका हुन् ।

‘पार्टीको विधि पद्धति र वरीयताबारे मलाई हेक्का छ । त्यसको म सम्मान गर्छु । अहिलेको अवस्थामा देशमा बदलिएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ,’ उनले भने, ‘देशको परिस्थितिबारे सदन र बाहिरको अवस्थाहेरेर बुझ्न सकिकन्छ । त्यसैले दलको नेतामा मैले दाबी गरेको छु।’

फागुन २१ गतेको चुनावमा धक्का लागेर नराम्रोसँग थला परेको पार्टीलाई अहिलेको संकटबाट माथि उठाउन युवालाई अघि बढाउनुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।

‘अहिलेको आवश्यकता युवाको ऊर्जा र अग्रजको अनुभव तथा आशीर्वादको सम्मिश्रण हो,’ उनले भने, ‘फागुन २१ गतेको जनभावना र वर्तमान राजनीतिकि परिस्थितिअनुसार पार्टीले लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्नु आवश्यक छ। त्यसैले संसदीय दल नेतामा मैले मेरो इच्छा जाहेर गरेको छु।’

एमालेका वरिष्ठ नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने चर्चा छ ।

युवा नेतामा भने इलामबाट निर्वाचित सुहाङ नेम्वाङको नाम चर्चामा छ । ताप्लेजुङबाट निर्वाचित एमाले युवा संघठनका अध्यक्षसमेत रहेका क्षितिज थेबेको नामसमेत चर्चामा छ ।

धनकुटाबाट प्रत्यक्ष जितेका राजेन्द्रकुमार राईसमेत चर्चामा छन् । प्रत्यक्षतर्फ एक जना पनि महिला विजयी नभएकाले समानुपातिकतर्फ विजयी पद्मा अर्यालको नामसमेत दलको नेताका रुपमा चर्चामा छ ।

संसदीय फाँटमा एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक गरेर चार नेतालाई जिम्मेवारी दिनसक्छ ।

बैठकमा के भने सुहाङले

पार्टीको विविध पद्ध‌ति र वरीयताको विषयमा म अवगत छु र म सम्मान गर्छु । तर अहिले देशमा उत्पत्ति भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन । त्यो परिस्थितिको आवश्यकता के हो त ?

सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौँ । मेरो भनाई बिल्कुल पनि अग्रजहरूले गर्न सक्नु हुन्न भन्ने होइन । मेरो नारा नै अहिलेको आवश्यक्ता युवाको ऊर्जा सँगसँगै अग्रजको आशीर्वाद र अनुभव हो ।

अहिलेको जन‌भावना अनुरुप र आवश्यकता अनुसार र सँगसँगै पार्टीले अवलम्बन गरेको सिद्धान्त प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने हुँदा म आफ्नो इच्छा व्यक्त गर्दछु । पदाधिकारी र अग्रजलाई मेरो आग्रह, ‘ट्रेन्ड र म्यासेज मात्रै नभएर युवाको नेतृत्व अहिलेको आवश्यकता हो ।’

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ५१ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी