प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुई जना पक्राउ « Khabarhub

प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुई जना पक्राउ


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन ।

उनीहरू राजनीतिक दलको नभई अनधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।

पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेदवारले अग्रता लिइरहेका छन् । नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : १४ बजे

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी