बिर्तामोडमा मेयर र उपमेयरमा एमाले विजयी « Khabarhub

बिर्तामोडमा मेयर र उपमेयरमा एमाले विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी बनेको छ । मेयरमा पवित्रा महतरा र उपमेयरमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् ।

महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गरे भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपमेयरमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । 

यसअघिको कार्यकाल बिर्तामोडको उपमेयर रहेकी महतरा जिल्लामा नगरपालिकाको मेयरमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ४४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक