युक्रेनमा हमला जारी रहँदा रुसी विदेशमन्त्री ब्रिक्स‍को बैठकमा सहभागी « Khabarhub

युक्रेनमा हमला जारी रहँदा रुसी विदेशमन्त्री ब्रिक्स‍को बैठकमा सहभागी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् ।

बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य  परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत सम्बोधन गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।  सो अवसरमा चिनियाँ राष्ट्रपतिले ब्रिक्स राष्ट्रहरू र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रयासको सान्दर्भिकताले वास्तविक बहुपक्षीयतालाई समर्थन गर्ने बताएका छन् ।

‘बैठकमा अन्तर्राष्ट्रिय  चासोका समसामयिक विषयमा महत्त्वपूर्ण विचार आदानप्रदान भएको थियो । मन्त्रीहरूले विश्वव्यापी मामिलामा सामूहिक सिद्धान्त सुदृढ गर्ने, क्षेत्रीय द्वन्द्व, नयाँ चुनौती र खतरासँग लड्नका साथै बहुपक्षीय विषयमा पाँच राष्ट्रबीचको अन्तरक्रियाका विषयमा  गहन छलफल गरेका थिए र  बैठकमा वर्तमान अवस्था र पाँच–पक्षीय सहयोगको सम्भावनाहरू बारे विशेष ध्यान दिइएको थियो ।’ कार्यक्रमका क्रममा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा अर्जेन्टिना, इजिप्ट, इन्डोनेसिया, कजाकस्तान, नाइजेरिया, साउदी अरेबिया, सेनेगल लगायतका मुलुकका विदेशमन्त्रीहरूको सहभागितामा ब्रिक्स प्लस ढाँचामा छुट्टै सत्र पनि सञ्चालन भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार सङ्गठन र जी-२० भित्रको सहयोगमा जोड दिँदै राज्य र विश्वव्यापी शासन प्रणालीको विकासको सम्भावनाका बारेमा छलफल गरेका थिए।’

गत साता ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक पनि आयोजना भएको थियो सो अवसरमा मन्त्रीहरूले ठूलो महामारी विरुद्ध प्रारम्भिक चेतावनी प्रणाली शुरु गर्ने कुरामा सहमति जनाएका थिए ।

ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ४० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर