बाँकेका ६ पालिकाको नतिजा सार्वजनिक « Khabarhub

बाँकेका ६ पालिकाको नतिजा सार्वजनिक


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका आठवटा स्थानीय तहमध्ये दुईवटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी छ । 

घोषित नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ । बाँकेको राप्तीसोनारी, खजुरा, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको अन्तिम परिणाम घोषणा भइसकेको छ । 

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार १४३ मत ल्याई अध्यक्षमा र पूर्णिमासिंह थारूले १० हजार १४३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारूले नौ हजार १२४ मत प्राप्त गरेका थिए ।  नौवटा वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्ष मात्र जित हासिल गरेको छ भने एमालेले पाँचवडा, माओवादी केन्द्रले तीन र राप्रपाले एउटा वडामा जित निकालेको छ ।  

डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शायदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले ६ हजार २७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गरे ।

उपाध्यक्षमा शायदाले पाँच हजार आठ सय ६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मतले पछ्याएकी थिइन् । एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो भए । ६ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांग्रेसले एउटा वडामा जित हासिल गरेको छ । 

नेपालगञ्ज उपमहानगरमा जसपा-कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी बनेका छन् । उनले एमालेका पशुपतिदयाल मिश्रलाई झन्डै दोब्बर मतअन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । मिश्रले ११ हजार ६७५ मत ल्याए । राप्रपाका नन्दलाल वैश्य सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा पुगेका हुन् ।

उपमेयरमा गठबन्धनबाटै जसपाका कमरुद्दिन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी बिन्दु घर्तीमगरले १० हजार १३५ मत प्राप्त गरेकी थिइन् । २३ वडा रहेको नेपालगञ्जमा उपमेयरसहित ६ वडा जितेर पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौ स्थानमा पुगेको छ । 

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्षमा विजयी भएका छन् । उनले १० हजार ७९० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजयी हासिल गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गरेकी थिइन् । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, काँग्रेस तीन र एमालेले एउटा वडा मात्र जितेको छ । 

जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँ ६ हजार ६५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिमांशु यादवले चार हजार ७९५मत ल्याए । उपाध्यक्षमा कांग्रेसकै रामप्यारी यादवले ६ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गरिन् । धिताल निवर्तमान उपाध्यक्ष हुन् । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।  

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी भएका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरी तेस्रो भए ।

बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निर्मला रोकाय १२ हजार १ ५२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत प्राप्त गरिन् ।

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ४१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य