सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक | Khabarhub Khabarhub

सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

पछिल्लोपटक सार्वजनिक भएको स्थानीय तहमध्ये तीनमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् भने एउटामा कांग्रेसले जितेको छ । यससँगै हालसम्म एमालेले सिरहामा जितेका स्थानीय तहको सङ्ख्या सात पुगेको छ । जसपाले दुई तथा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले एक/एक स्थानीय तहमा जित निकालेको छ ।

आज सार्वजनिक अन्तिम मत परिणामअनुसार लहान नगरपालिका प्रमुखमा कांग्रेसका महेशप्रसाद चौधरी र उपप्रमुखमा जसपाका रामचलितर महतो विजयी भएका छन् । चौधरीले २० हजार १०५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मुनी साहले ११ हजार ९६६ मत ल्याए ।

यस्तै उपप्रमुखमा निर्वाचित महतोले १२ हजार ५६९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एमालेका सरियारदेवी चौधरीले ११ हजार ७९० मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए । यस्तै कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

प्रमुखमा निर्वाचित एमालेका रामपुकार साहले पाँच हजार ८८३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिए ।

उपप्रमुखमा निर्वाचित एमालेकै रेखाकुमारी यादवले पाँच हजार ७३३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत प्राप्त गरे । धनगढीमाई नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरे भने निवर्तमान नगरप्रमुख माओवादी केन्द्रका हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसका संगीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरे । त्यस्तै सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रमोद यादव र उपाध्यक्षमा उपाध्यक्षमा एमालेकै गुलाबदेवी चौधरी विजयी भएका छन् । 

अध्यक्षमा दुई हजार ६९५ मतका साथ यादव विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामस्वगारथ यादवले दुई हजार ५१७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेका चौधरीले दुई हजार ५७१ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अरहुलियादेवी यादवले दुई हजार ३२३ मत प्राप्त गरे ।

यसअघि सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने सिरहाको नवराजपुर र अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जसपाले जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ ।

सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणना भइरहेको जनाइएको छ ।  

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ४५ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो