मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी « Khabarhub

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेका छन् ।

उपप्रमुखमा निर्वाचित भएका बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएका छन् । विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो । एघार वडा रहेको सो नगरपालिकामा यसपटक पाँच वडामा एमाले, चारमा कांग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : ३० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा