मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित, मेयरमा लामाको अग्रता « Khabarhub

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित, मेयरमा लामाको अग्रता


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् ।

पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन् । उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन् । लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा छन् ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा छन् । हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : २८ बजे

प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग