कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी « Khabarhub

कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अन्सारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित भएकी छिन् । कोसीको अध्यक्षमा अन्सारीले एक हजार १९९ मतान्तरले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार ऐयुव अन्सारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुन् । 

नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा) बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित भएका छन् । कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अन्सारी र यादव निर्वाचित भएका थिए ।

कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी–५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली कांग्रेसका बलरामकुमार क्षेत्री विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको