मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग « Khabarhub

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ ।

कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको मुचुल्का गरिएको छ । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।

विवादका कारण रोकिएको मतगणना पुन: सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुन: निर्वाचन माग गरेर पत्र पेस गरेपछि सो पत्र निर्वाचन आयोगमा पठाइदिएको उनको भनाई छ ।

उनका अनुसार रंगेलीमा पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ७ हजार ३८५ मतसहित अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार घिमीरेले ५ हजार ७८ मत पाएका छन् । रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।

प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३६ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको