मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग « Khabarhub

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ ।

कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको मुचुल्का गरिएको छ । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।

विवादका कारण रोकिएको मतगणना पुन: सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुन: निर्वाचन माग गरेर पत्र पेस गरेपछि सो पत्र निर्वाचन आयोगमा पठाइदिएको उनको भनाई छ ।

उनका अनुसार रंगेलीमा पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ७ हजार ३८५ मतसहित अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार घिमीरेले ५ हजार ७८ मत पाएका छन् । रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।

प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३६ बजे

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि