बैजानाथमा कांग्रेसका उम्मेदवार शाही विजयी | Khabarhub Khabarhub

बैजानाथमा कांग्रेसका उम्मेदवार शाही विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी भएको गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । एमालेका खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र) का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी निर्मला रोकायले एमालेकी प्रेमपूर्ण योगीलाई पछि पार्दै १२ हजार १५२ मत ल्याएर निर्वाचित भइन् । योगीले दश हजार ७३३ मत ल्याउदा नेकपा (एकीकृत समाजवादी)का टङ्करनाथ योगीले चार हजार १० मत पाए।

आठ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले दुई वडा जीतेको छ । जिल्लामा अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै दुई पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड