बैजानाथमा कांग्रेसका उम्मेदवार शाही विजयी « Khabarhub

बैजानाथमा कांग्रेसका उम्मेदवार शाही विजयी


६ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी भएको गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । एमालेका खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र) का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी निर्मला रोकायले एमालेकी प्रेमपूर्ण योगीलाई पछि पार्दै १२ हजार १५२ मत ल्याएर निर्वाचित भइन् । योगीले दश हजार ७३३ मत ल्याउदा नेकपा (एकीकृत समाजवादी)का टङ्करनाथ योगीले चार हजार १० मत पाए।

आठ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले दुई वडा जीतेको छ । जिल्लामा अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै दुई पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ५२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,