रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित « Khabarhub

रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार माधुरी जैसबाल ४, ७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन् ।

९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्दीन धुनीयाँ ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन् । 

वडा नम्बर ४ बाट नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५ मतले, वडा नम्बर ५ बाट नेपाली कांग्रेसकै  विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६ बाट नेपाली कांग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७ बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन् ।

३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : ५९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६