‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ’


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ अन्र्तगतको ‘स्यानिटेशन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकर्तामा आयोजित कार्यक्रममा उनले नेपालको संविधानअनुसार स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिरको पहुँच मौलिक हकका रुपमा स्थापित भएको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

देशव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व बढ्दै गएको उनले बताए । मन्त्री चौधरीले जलवायु परिवर्तनको असरबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्यूनीकरण गरी दिगो समाधान गर्न आवश्यक रहेको बताए । 

उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाइको आदानप्रदान गर्न सम्मेलनले योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । मन्त्री चौधरीले सङ्घीय प्रणालीअनुरूप खानेपानी सरसफाइ र स्वच्छता सेवामा प्रभावकारिता कायम गर्न तथा चुनौतीको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्य गरिँदै आएको उल्लेख गरे । उनले सहभागी विकास साझेदारलाई नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वानसमेत गरे । 

जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरिय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरी जकर्ता गएका थिए । सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली पनि उनीसँगै गएको छ । मन्त्री चौधरीले आज ‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाईलेन्स’ विषयमा भएको छलफलमा सहभागी भएका थिए । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ०१ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार