वाग्मती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी « Khabarhub

वाग्मती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा- मकवानपुरको वाग्मती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गरेका छन् । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी भएका छन् ।

एमालेकी धनमाया स्याङ्तान चार हजार ६६९ मत ल्याएर पराजित भइन् । यसअघि धनमाया २०७४ सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी भिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा