विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन जोड « Khabarhub

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन जोड


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले विदेशमा भएका व्यक्तिहरुलाई पनि भोट हाल्न व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खबरहबमा आयोजित श्रमिक वैदेशिक बसाईसराई तथा रोजगारीको विषयको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साइकल अभियान्ता डा. तारालाल श्रेष्ठले विदेशमा रहेका हरेक नेपालीले विदेशबाट मताधिकारको प्रयोग गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।

खबरहबद्वारा आयोजित कार्यक्रममा उनले नेपालको श्रमको अवस्था तथा यसका समस्या र यस क्षेत्रका चुनौती तथा विदेशमा जाने श्रमिकको अवस्थाले मताधिकारबाट बञ्चित हुनु दुःखद भएको बताए । डा. श्रेष्ठले विश्वका १५१ देशहरुले देश बाहिर बस्ने आफ्ना नागरिकहरुको मताधिकारको प्रयोग गर्न पाएको सन्दर्भ बताउदै नेपालीहरुको लागि पनि सरकारले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको प्रयोग गर्नुपाउनुपर्नेमा जोड दिएका थिए ।

उनका अनुसार विदेशमा रहेका नेपालीले कूल ग्राहस्थ उत्पादन जीडीपीमा ३५ प्रतिशत योगदान दिएका छन् । देश ६० प्रतिशत वैदेशिक रोगगारिबाट आएको राष्ट्र चल्ने उनीहरुको पैसा चल्ने तर उनीहरुको मत नचल्नु बिडम्बना रहेको उनले बताएका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार होम कार्कीले विदेशमा श्रमिकहरु ५० डिग्रीको तापक्रममा काम गर्नुपर्ने बाध्यतामा रहेको बताएका थिए । विदेशमा रहेका नेपाली श्रमिकको अवस्था धेरै जटिल भएपनि उद्धार प्रक्रिया, उनीहरुको काम गर्ने वातावरण सहज बनाउने विषयमा नेपालको तर्फबाट फितलो काम भएको उनले बताए ।

कार्यक्रममा डा. बोजेन्द्र तुलाचनले विश्वमा श्रम सम्बन्धित विषयमा १०० वर्ष अध्यापन सुरु भएको तर नेपालमा त्रिभुवन विश्वविद्यालयले भर्खरै यो विषय अध्ययापन हुनु खुसीको कुरा रहेको बताएका छन् । बसाइसराई बेरोजगारी विषय गम्भिर रहेको उनले बताए ।

‘हामीले श्रम विक्री गरेका छौ । यति यही क्रममा विदेशमा श्रमिकहरु पठाउने हो भने देशमा उत्पादन तथा जनशक्ति कम हुदा भविष्यमा यो समस्या बढ्न सक्छ’ उनले भने ।

विश्वको तुलनामा हाम्रो ट्रेड युनियन विश्वका देशको तुलनामा बलियो भएपनि यसको नकारात्मक पक्ष उच्च राजनीतिक रुपमा प्रयोग भएको उनको दाबी छ । यसमा श्रमिकले फाइदा पाउने भन्दापनि निश्चित वर्गले फाइदा लिएको डा. तुलाचनले बताए । हाम्रो देशबाट विदेश जानुको कारण देखावटी रुपमा, सामाजिक र व्यक्तिगत कारणबाट भएको पनि उनको दाबी छ ।

साथै कार्यक्रमा विवेकशील साझा पार्टीकी नेता कर्मा लामा तामाङले विगत ७ वर्ष देखि नोट चल्ने भोट नचल्ने अभियान सञ्चालन गरेको बताइन् । अभियानकै क्रममा संघर्ष गर्दै उच्च अदालतबाट विदेश भएकाले मताधिकार गर्न पाउने फैसला गरेपनि सो कुरा व्यवहारमा लागु नभएकोमा उनले दुःख व्यक्त गरिन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : ३४ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,