पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह « Khabarhub

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले राससलाई बताउनुभयो ।

सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको उहाँले बताउनुभयो ।

सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ यहाँको प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ११ : ११ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक