एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला « Khabarhub

एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ ।

आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

इङ्ल्यान्डको जितमा ओपनरद्वय ज्यासन रोयले ७३ र फिल साल्टले ७७ रन बनाए । रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गर्दा साल्टले ५४ बलमा चौका हिर्काए ।

यसबाहेक, मोइनल अलिले अविजित ४२ र डेभिड मिलानले ३६ रन जोडे । तर, इङ्ल्यान्डका कप्तान इयोन मोर्गन डक आउट भए । मोर्गन शृंखलाको पहिलो खेलमा पनि गोल्डेन डक आउट भएका थिए । नेदरल्यान्ड्सका आर्यन दत्तले दुई विकेट लिँदा टिम प्रिङ्गल र टिम कुपरले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ४१ ओभरमा सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७८ र बनाए । उनले ७३ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । यसबाहेक, बास डे लिडेले ३४, लोगन भान बीकले ३० र तेजा निडामानुरुले २८ रन बनाए ।

इङ्ल्यान्डका डेविड विले र आदिल राशिदले समान दुई विकेट लिँदा ब्रिडन कार्से र लियम लिभिङस्टोनले १-१ विकेट लिए । यी दुई टिमबीचको अन्तिम एकदिवसीय खेल जुन २२ मा हुने तालिका छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : १२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार