रुसी संगीत युक्रेनमा प्रतिबन्ध « Khabarhub

रुसी संगीत युक्रेनमा प्रतिबन्ध


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।

यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ ।

तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ ।

पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रूससँग बलियो सम्बन्ध महसुस गरेका छन । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो ।

तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनीहरूलाई रुसी  संस्कृतिबाट अलग गर्न खोजेको छ । आइतबार सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटेल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै